Logo
Logo

जापानले भारतमा ६८ अर्ब डलर लगानी गर्ने 


1.4k
Shares

टोकियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने जापान भ्रमणका क्रममा जापानले भारतमा १० ट्रिलियन येन (६८ अर्ब अमेरिकी डलर) लगानी गर्ने प्रतिबद्धता जनाएको छ । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले भारतको विशाल बजार र सम्भावनाले जापानको अर्थतन्त्रलाई गति दिने बताए ।

The current image has no alternative text. The file name is: india-japan.jpg

यो लगानी विशेषगरी सेमीकन्डक्टर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा केन्द्रित हुनेछ । द्विपक्षीय व्यापार हाल वार्षिक २० अर्ब डलरभन्दा माथि छ, जसले दुवै देशलाई फाइदा पुर्‍याइरहेको छ ।

भ्रमणका क्रममा जापानको ‘सेल्फ डिफेन्स फोर्सेज’ र भारतीय सशस्त्र बल बीच सैन्य अभ्यास विस्तार गर्ने सहमति भएको क्योदो समाचार एजेन्सीले जनाएको छ । दुवै देशले पूर्वी र दक्षिण चीन सागरको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । 

इशिबाले क्षेत्रीय शान्ति र स्थिरताका लागि जापान र भारतको सहकार्य अपरिहार्य भएको बताए । मोदीले स्वतन्त्र, खुला र नियममा आधारित इन्डो-प्यासिफिक क्षेत्रका लागि दुवै देश प्रतिबद्ध रहेको उल्लेख गरे । टोकियोको एक व्यापारिक मञ्चमा मोदीले भारत र जापानले ‘एसियाली शताब्दी’लाई आकार दिने र भारतले जापानी व्यवसायका लागि ‘ग्लोबल साउथ’को प्रवेशद्वारको भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्