Logo
Logo

साफ यु-१७ महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै 


189
Shares

काठमाडौं । नेपालले साफ यु-१७ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज आइतबार भुटानसँग खेल्दै छ । 

थिम्पुस्थित चाम्लिमिथाङ रङ्गशालामा हुने यो खेल साँझ ५:४५ बजे सुरु हुनेछ । नेपाल र भुटान दुवै उपाधि होडबाट पहिला नै बाहिरिसकेका थिए । त्यसैले यो खेल वार्मअप हुने छ । 

पहिलो खेलमा नेपालले घरेलु टोलीमाथि सङ्घर्षपूर्ण तरिकाले पुनरागमन जित हात पारेको थियो । पहिलो हाफमा १-० ले पछि परे पनि नेपालले सहारा लिम्बूको सानदार दुई गोलसँगै खेल २-१ ले आफ्नो पक्षमा पारेको थियो ।

जारी प्रतियोगितामा नेपालले एक मात्रै जित त्यही थियो । अर्कोतर्फ भुटानले बङ्गलादेशलाई १-१ गोलको बराबरीमा रोकेको थियो । त्यसबाहेक भुटान कुनै पनि जीत निकाल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्