
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १७ सय बढेर हालसम्मकै उच्च भएको हो ।
आज सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो आइतबार २ लाख ३ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसअघि शुक्रबार २ लाख ६ सय रुपैयाँ कायम थियो ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४२५ रुपैयाँ रहेको चाँदी आज २ हजार ४७० रुपैयाँ पुगेको छ ।











