Logo
Logo

कोरोना संक्रमणको नयाँ रेकर्डः १२२८ संक्रमित थपिंदा कुन जिल्लामा कति ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ भदौ ।
नेपाल कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । गत २४ घण्टामा मात्र १ हजार २ सय २८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ सय ९४ महिला र ८ सय ३४ पुरुष गरी १ हजार २ सय २८ संक्रमित भेटिएका हुन्। एकैदिन यतीधेरै संक्रमित थपिएको पहिलो पटक हो । नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।

कुन जिल्लामा कति ?
प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा ७, झापामा १२, तेह्रथुममा २, धनकुटामा ३, मोरङमा ४६, संखुवासभामा ६ र सुनसरीमा २७ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश २ को धनुषामा ६४, पर्सामा ६५, बारामा ७१, महोत्तरीमा २०, रौतहटमा २९, सप्तरीमा १ र सर्लाहीमा १ सय ९ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा बागमती प्रदेशको काठमाडौंमा ३ सय ५७, काभ्रेमा ७, चितवनमा ५६, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा ४, भक्तपुरमा ४२, मकवानपुरमा २२, रामेछापमा १, ललितपुरमा ४६ र सिन्धुपाल्चोकमा ३ जना संक्रमित भेटिएका छन्।

यस्तै, गण्डकी प्रदेशको कास्कीका ३१, गोरखाका ५, तनहुँका ३, नवलपरासी पूर्वका ६, लमजुङ ९ र बाग्लुङका १ जनामा कोरोना पुष्टि भएको छ।

 

 

 

कोरोना पोजेटिभ भेटिनेमा प्रदेश ५ को कपिलवस्तुका ११, गुल्मीका १०, दाङका ४, नवलपरासीका ९, पाल्पाका २, प्युठानका २, बर्दियाका ५, बाँकेका ८ र रुपन्देहीका ५२ जना छन्।

कर्णाली प्रदेशको कालीकोटमा २, जाजरकोटमा १, दैलेखमा ६, सल्यानमा २ र सुर्खेतमा ७ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिए।

सुदूरपश्चिमको अछाममा ६, कञ्चनपुरमा ३, कैलालीमा १५, डोटीमा ४, दार्चुलामा २, बझाङमा १० र बैतडीमा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्