Logo
Logo

अष्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली


315
Shares

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टी२० कप र साउथ अष्ट्रेलियासँग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।

टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपाली टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पहिलो पटक अष्ट्रेलियामा गएर मजबुत टिमहरूसँग खेल्ने अवसर पाएको बताए ।

उनले सबै खेलाडीले मुख्य प्रतियोगिताअघि अनुभव लिनुपर्छ भन्ने दृष्टिले धेरै खेल खेलिएको र अझै केही सुधार गर्नुपर्ने पक्ष देखिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्