Logo
Logo

एनपिएल खेल्न अस्ट्रेलियन ब्याटर क्रिस नेपाल आउने


441
Shares

काठमाडौं । अस्ट्रेलियन ब्याटर क्रिस लिन नेपाल आउने पक्का भएको छ । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेपछि उनी नेपाल आउने पक्का भएको हो ।

लिनले टी–२० फम्र्याट मा २९३ खेल खेलेका छन् । र उनले ८ हजार भन्दा बढी रन बनाएका छन् । आक्रामक ब्याटिङका लागि चर्चित लिनले अस्ट्रेलियाबाट १८ वटा टी–२० अन्तर्राष्ट्रिय र ४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।

लिन अस्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् । उनले इन्डियन प्रिमियर लिगसहित विश्वका धेरै फ्रेन्चाइज लिगहरुमा समेत खेलिसकेको अनुभव छ ।

यो सिजनको एनपिएल मंसिर १ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ । त्यसका लागि सबै आठ टोलीले नेपाली खेलाडी अक्सनमार्फत भित्र्याइसकेका छन् भने विदेशी खेलाडी भित्र्याउने प्रक्रिया जारी छ ।

प्रतिक्रिया दिनुहोस्