
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २५ सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदी पनि प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।











