Logo
Logo

सुनको मूल्य तोलामा २ लाख १२ हजार पुग्यो


189
Shares

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको सुन आज एक हजार ६ सय बढेर प्रतितोला दुई लाख १२ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो ।

त्यस्तै आज चाँदी १० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्