
काठमाडौं । नेपाली सेनाले भैंसेपाटीस्थित सरकारी क्वाटरबाट मन्त्री तथा भीआइपीहरुको उद्धार गरेको छ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरु आजगनी तथा तोडफोड गर्न मन्त्री क्वार्टर पुगेपछि मन्त्री तथा भीभीआइपीहरुको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
त्यहाँबाट सुरक्षित निकालिएका मन्त्रीहरूलाई बालुवाटार लगिएको छ भने उनीहरुका परिवारसहित कतिपय भीआईपीलाई नेपाली सेनाको भैरवनाथ गणमा लगिएको स्रोतले जानकारी दियो ।
उनीहरूलाई त्यहाँ सुरक्षाका लागि राखिएको भनिएको छ । भैरवनाथ गण यसअघि युद्धकालमा बन्दीहरूलाई राख्ने ठाउँ हो । अधिकांश मन्त्री र भीआईपीलाई हेलिकप्टरबाट सुरक्षित निकालिएको थियो ।
कतिपयलाई अन्य सुरक्षित स्थानमा राखिएको स्रोतले जनाएको छ । यो समाचार पार्दासम्म दिउँसो ३ जबेसम्म काठमाडौंका अधिकांश भाग सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगिसकेका छन् ।
आन्दोलनकारीले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र संसद भवनसमेत कब्जा गरिसकेका छन् ।














