पोखरा । पोखरामा जेनजीको प्रदर्शन नियन्त्रणबाहिर गएको छ । पोखराका विभिन्न ठाउँमा कफ्र्यु जारी गरेपनि जेनजीको प्रदर्शन रोकिएको छैन ।

सुरुमा पोखरा महानगरपालिका कार्यालयमा आगजनी गरेको जेनजीको प्रदर्शनले क्रमबद्ध तरिकाले आगजनी गरिरहेको छ ।
नयाँ बजारमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको घर, एमाले गण्डकी र कास्कीको कार्यालय, पोखरा–८ का वडा कार्यालय, मेयर धनराज आचार्यको घर, उनको भाइले सञ्चालन गरेको इभेन्ट सेन्टरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । अहिले प्रदर्शन जारी छ ।














