काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । प्रशासनले रविलाई सुरक्षा गर्न नसक्ने बताउँदै उनको परिवारले जिम्मा लगाएको हो ।

रविलाई लिन उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन् । उनको समर्थनमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी नख्खु गेटमा छन्। रविले हात हल्लाएर उनीहरूसँग मिसिएका छन् ।














