काठमाडौं । जेनजीले आन्दोलनले राज्यका प्रमुख तीनवटै अंग नियन्त्रणमा लिएका छन् । सोमबारबाट सुरु भएको जेनजी प्रदर्शनकारीले दोस्रो दिन मंगलबार राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् ।

प्रदर्शनकारीले ती तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मंगलबार अपिल गरिसकेका छन् ।














