काठमाडौं । जेनजी आन्दोलनको अवसरमा पूर्वराजा समर्थकहरूले पोखराको पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक ढालेर पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गरेका छन् ।

यस स्थानमा पहिलेदेखि नै शालिक राख्ने विषयमा विवाद रहँदै आएको थियो । २०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा यहाँको पृथ्वीनारायण शाहको शालिक ढालिएको थियो । गणतन्त्र स्थापनापछि उक्त स्थानमा शहीद लखन थापाको शालिक राखिएको थियो र चोकको नाम शहीद चोक राखिएको थियो।
तर, त्यसयता पनि यहाँ कसको शालिक राख्ने भन्ने विषयमा बारम्बार विवाद हुँदै आएको छ । हाल जेनजी आन्दोलनको मौका छोपेर शहीद लखन थापाको शालिक हटाई पृथ्वीनारायण शाहको प्रतिमा पुनः स्थापना गरिएको छ ।














