काठमाडौं । जेनजी प्रदर्शनकारीले घरमा आगो लगाउँदा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी छिन् ।

खनाल निवास डल्लुमा प्रदर्शनकारीले मङ्गलवार बिहान आगो लगाएका थिए । उनी घरभित्रै रहेका बेला प्रदर्शनकारीले आगो लगाएकाले उनी गम्भीर घाइते भएकी हुन् ।
प्रदर्शनकारीले आगो लगाइरहँदा उनी छोरा निर्भिक खनालसँग घरमै थिइन् । आगाको लप्कामा परेपछि उनलाई छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पुर्याइएको थियो । त्यहाँको सघन उपचार कक्षमा राखिएको भए पनि कीर्तिपुर बर्न अस्पताल लैजाने तयारी भइरहेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनाललाई भने नेपाली सेनाले घर आगजनीअघि नै उद्धार गरेको थियो ।














