काठमाडौं । प्रधानसेनापति अशोक राज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । उनले राष्ट्रको नाममा सम्बोधन गर्दै जेन्जीलाई वार्तामा आउन आह्वान गरेका छन् ।

उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निजी र सार्वजनिक सम्पत्तिमा क्षेती नगर्न आग्रह गरेका छन् । उनले देश सबैको भएकाले यसको निकासमा सबै लाग्नुपर्ने बताउँदै वार्ताका लागि आह्वान गरेका हुन् ।














