काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य गर्दै संयमित बन्न आह्वान गरेका छन् । साथै, उनले भनेका छन्, ‘हामी फेरि उठ्नेछौं ।’ उनले कवि नेत्रलाल अभागीको चर्चित कविता फेसबुकमा पोस्ट गर्दै यसो भनेका हुन् ।

उनले लेखेका छन्, ‘धैर्य गरौं, संयमित बनौं, हामी फेरि उठ्ने छौं ।’ सोमबार सुरू भएको जेनजी आन्दोलनपछि मंगलबार उग्र बनेको थियो ।
न्दोलनका क्रममा प्रदर्शनकारीले विभिन्न प्रशासनिक भवन आगजनी गरेका छन् । मंगलबार सिंहदरबारमा लागेको आगो बिहानसम्म पनि निभेको छैन । शीर्ष नेताहरूको निजी घर र मन्त्रीका क्वार्टर समेतमा आगजनी भएको थियो।














