चितवन । भरतपुर कारागारमा रहेका कैदी बन्दीहरु बाहिर निस्किएका छन् । उनीहरु आफ्नो पोको पुन्तरो बोकी बुधबार बिहान लामबद्ध भएर बाहिर निस्केका हुन् ।
कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए । भरतपुर कारागारमा ७ सय बढी कैदीबन्दी थिए ।














