
काठमाडौं । पुँजी बजारमा आज र भोलि शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर आज र भोलि कारोबार नहुने जानकारी दिएको हो ।
हालको विषम परिस्थितिमा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले दुई दिन शेयर कारोबार नहुने नेप्सेले जनाएको छ ।
‘हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९(१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ’, नेप्सेले भनेको छ ।











