
काठमाडौं । हिमाली जिल्ला रसुवामा पनि कर्फ्यू जारी भएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आज बिहान सूचना निकालेर जिल्लाभर कर्फ्यू आदेश जारी भएको जानकारी दिएका हुन् ।
आज भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सबै सीमा क्षेत्रभित्र कर्फ्यू लगाइएको सूचनामा उल्लेख छ ।
कर्फ्यू अवधिभर आउजाउ गर्न, भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न पाइनेछैन । जेनजी प्रदर्शनको क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना भएपछि नेपाली सेनाले पनि देशभर निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ ।














