Logo
Logo

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी


0
Shares

काठमाडौं । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल)बाट भागेका छन्‌ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका थिए ।

The current image has no alternative text. The file name is: top.gif

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो देश पठाउने भन्दै रायमाझी समेतको गिरोहले प्रतिव्यक्ति लाखौँ रकम असुलेको थियो ।

तर, सरकारले दमन गरेपछि मङ्गलवार उग्र बनेको जेनजी प्रदर्शनका क्रममा अराजक भिडले सेन्ट्रल जेलमा आक्रमण गर्दा करिब ३३ सय कैदीबन्दीसँगै रायमाझी पनि भागेका हुन्‌ ।

सेन्ट्र्रल जेलमा रहेका ३८ सय कैदीबन्दीमध्ये अब ५०० जतिमात्र बाँकी रहेको कारागार प्रशासनले जनाएको छ । टोपबहादुरसँगै भागेका करिब ५० कैदीबन्दी भने कारागारमा फर्किइसकेका छन्‌ ।

प्रतिक्रिया दिनुहोस्