काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधवार राति ८ बजे भर्चुअल बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

यता जेनजीको पनि भर्चुअल चलिरहेको छ । उनीहरूले देशको व्यवस्था र अबको नेतृत्वको विषयमा लामै छलफल गरिरहेका छन् ।














