Logo
Logo

थप चार जनासहित ७ नाल हतियार बरामद


63
Shares

काठमाडौं । नेपाली सेनाले महाराजगन्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिहरूसहित ७ नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, व्युनेट लगायतका एसेसरिजहरु तथा व्यक्तिगत सामाग्रीहरू बरामद गरेको छ । 

The current image has no alternative text. The file name is: hatiyarr.gif

नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपश्‍चात् बुधबार विशेष सूचनाको आधारमा बालाजु माछापोखरी इलाकाबाट थप १ (एक) नाल हतियारसहित हालसम्म ७३ नाल हतियार बरामद गरिएको हो । 

त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको छ । सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्