काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकारको नेतृत्वका लागि प्रस्ताव गरिएको नाममा समर्थन जनाएका छन् ।

जेनजी प्रतिनिधिहरूले बुधबार कार्कीको नाम प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए, जुन बालेनले समर्थन गरेका हुन् ।
सामाजिक सञ्जाल डिस्कर्डमा दिनभर युवाहरूले नेतृत्वको छलफल गर्दै कार्कीको पक्षमा बहुमत देखिएको थियो । बालेन शाहको नाम पनि चर्चामा आए पनि उनी सम्पर्कबाहिर रहेको गुनासो आएको छ ।
जंगीअड्डामा जेनजी प्रतिनिधि वार्ताका लागि पुगेपछि सेना प्रमुखले संयोजक तोकेर आउन भनेका थिए । बैठकपछि अन्ततः कार्कीको नेतृत्वमा नागरिक सरकार गठनको सहमति भएको थियो ।














