काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले आफू प्रधानमन्त्री बन्न तयाररहेको घोषणा गरेका छन् ।

बुधबार जङ्गी अड्डा परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘यदि युवाहरूले नेतृत्व दिन चाहन्छन् भने म तयार छु ।’ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव भएपछि हर्क आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेकाथिए ।
त्यसक्रममा बालेन शाह नेतृत्वमा नआउने भएपछि जेनजीहरूबीच हर्कलाई अगाडि ल्याउने विषयमा विवाद भएको थियो ।














