Logo
Logo

सुशीला कार्कीले भनिन्- राष्ट्रिय हितका लागि काम गर्न तयार छु


882
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएकी छन् । जेनजी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रिय हितका लागि काम गर्न आफू तयार रहेको बताएकी हुन् ।

उनले नेपाली युवाले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि बताएकी छन् । भारतीय टेलिभिजन च्यानल ‘न्यूज १८’ लाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनेकी छन्, ‘जेन–जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास ग¥यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’ ७१ वर्षीया कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै भारतीय नेताहरूबाट आफू प्रभावित भएको बताएको समेत ‘न्यूज १८’ले उल्लेख गरेको छ ।

न्यूज १८ अनलाइनका अनुसार कार्कीले भनेकी छन्, ‘मैले बीएचयूमा पढें । भारतमा मेरा धेरै साथीहरू छन् । म अझै पनि बीएचयूका शिक्षकहरू सम्झिन्छु । भारतसँगको सम्बन्ध धेरै राम्रो छ र यो सम्बन्ध वर्षौं पुरानो हो । भारतले नेपाललाई धेरै सहयोग गरेको छ । भारतीयहरूले सधैं नेपालको भलो नै चाहेका हुन्छन् ।’

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि पूर्वप्रधानन्यायाधीश कार्कीसमेत सडकमा उत्रिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्