Logo
Logo

लोकतन्त्र नै समाप्त हुने संशय पैदा भयो : शिशिर खनाल


2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले प्रदर्शनमा होमिएका जेनजी व्यवस्था परिवर्तनको पक्षमा नरहेको बताएका छन् ।

अगाडि बढ्ने सन्दर्भमा सामाजिक सञ्जालमार्फत चार बुँदे प्रस्ताव अघि सार्दै नेता खनालले भ्रष्टाचाररहित शासन, जबाफदेहिता, बेटर सर्भिस डेलीभरी जेनजीको आकांक्षा रहेको तर व्यवस्था परिवर्तन उसको माग नभएको बताएका हुन् ।

यहीँनेर नेता खनालले लोकतन्त्र समाप्त हुने संशय पैदा भएको बताएका हुन् । उनले अगाडि लेखेका छन्, ‘पछिल्लो घटनाक्रमहरूले भने जबरजस्ती लोकतन्त्रका आधारभूत मान्यता र संवैधानिक सर्वोच्चताको मान्यतालाई कुल्चँदै लोकतन्त्र र विधिको शासन नै समाप्त हुने हो कि भन्ने संशय पैदा भएको छ ।’

नेता खनालका अनुसार नयाँ सरकार गठन कुन विधि, पद्धतिबाट गरिन्छ, त्यसैबाट विधिको शासन रहन्छ कि रहँदैन भन्ने देखिन थाल्नेछ ।

उनको प्रश्न छ, ‘आन्दोलनको राप तापमा आन्दोलनको नेतृत्व कर्ता समूह र एक व्यक्ति मात्र साँच्चै नै आजको राजनीतिको एयधभच ऋभलतभच हुन कि ? ६७०० वडा, ७०० बढी पालिकामा, ७ प्रदेश सभा र सरकारमा रहेका नेपाली काँग्रेस, एमाले लगायतका जनप्रतिनिधिहरूको राजनैतिक वैधताकोको विषय के हो ?’

संविधानलाई जीवित राखेर नयाँ सरकारको गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्ता छन् खनालका प्रस्ताव
१) संविधानलाई जीवित राखेर नै नयाँ सरकारको गठन गरौं । श्रीलंका केही वर्ष अगाडि तत्कालीन शासकहरूलाई जनआन्दोलनले भाग्न बाध्य पार्दा पनि संविधानलाई नभत्काइ नयाँ सरकार बनाइएको थियो । चुनाव पछि नयाँ र सापेक्षिक रूपमा युवा को नेतृत्व स्थापित भयो ।

२) निषेध को राजनीतिको भ्रममा नपरौं–सबै पक्षसँग संवाद र सहकार्य मार्फत समाधान खोजौं । पद र ‘शक्ति’ क्षणिक हुन्छ, त्योभन्दा महत्त्वपूर्ण व्यक्तिगत, सामूहिक र राष्ट्रिय सुरक्षाको विषय छन्।

३) संविधानमा केही परिवर्तन आवश्यक छन् तर जन–निर्वाचित संविधान सभाले बनाएको संविधान–जनताको प्रतिनिधिहरूले नै गर्ने प्रक्रियाबाट मात्र गर्ने अडान राखौं । लोकतन्त्र ले त्यही भन्छ ।

४) आज पीडामा परेका सबैको पिडामा मलम लगाउन खोज्ने र सक्ने बाटोमा हामी जानु पर्छ। म, मेरो घर, मेरो परिवार, मेरो देश बस्न योग्य छैन, व्यवसाय गर्न योग्य छैन, राजनीति गर्न सुरक्षित छैन को ऋयििभअतष्खभ त्चबगmब मा हामी छौ – जति नै बलियो देखिए पनि हिंसा बाट प्राप्त शक्ति लामो जाँदैन– सामूहिक ज्भबष्लिन र ‘अहिंसाको’ बाटो नै हाम्रो बाटो हुनु पर्छ। आन्दोलन मा मारिएका वा घाइते भएका मात्र हैन – गाउँ गाउमा घर जलाइएका परिवार को संरक्षण को जिम्मा पनि हाम्रै हो। यो आवाज पनि हामी बनौं।

प्रतिक्रिया दिनुहोस्