
काठमाडौं । देशभरको कारागार तोडफोड र आगजनी गर्दै १२ हजार ८५२ कैदी फरार भएका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै अझै १२ हजार ८५२ कैदीबन्दी फरार भएका हुन् ।
त्यसअघि देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए । भागेकामध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले फरार १४ हजार ५०७ कैदीबन्दी मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको बताए ।














