
काठमाडौं । तनहुँ कारागारबाट फरार भएकामध्ये तीन जना कैदीबन्दी पक्राउ परेका छन् । दुई जना कास्कीबाट र एक जना तनहुँबाट बुधबार पक्राउ परेका हुन् ।
मङ्गलबार राति फरार भएका ३२७ कैदीबन्दी मध्ये ३ जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार फरार भएका कैदीबन्दीको खोजतलास भइरहेको छ । उनले भने, ’केही कैदीबन्दी बाहिरभन्दा भित्रै रमाउने खालका पनि छन्, उनीहरू आफैँ सम्पर्कमा आउने सम्भावना छ । अन्यको पनि खोजी भइरहेको छ ।’














