
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कात्तिक १० गतेसम्म पठन पाठन बन्द गर्ने निर्णय गरेको छ । विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले सूचना जारी गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदामा कटौती गर्नेगरी १० गतेसम्म बिदा दिएको जनाएको छ ।
सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिई कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन हुने जनाइएको छ । यो बिदा बीचमा दशैँ, तिहार र छठको बिदा परेको छ ।














