Logo
Logo

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो


630
Shares

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । सोमबार माइतीघरबाट शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शन उग्र बन्दा प्रहरीसँग भएको झडपमा परेर मृत्यु हुनेको संख्या ३४ पगेको हो ।

जसमा सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेजमा २, फ्रन्टलाइन अस्पतालमा ३, वयोधा अस्पतालमा २ जनाको मृत्यु भएको हो ।

त्यस्तै सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, झापाको बीएनसी र बिर्तासिटी अस्पतालमा १–१ जना र बाँकेको भेरी अस्पतालमा ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

प्रहरी दमनबाट पहिलो दिन १९ युवाको मृत्यु भएपछि आक्रोशित बनेका जेनजी युवाहरुले दोस्रो दिन झन आन्दोलन चर्काएका थिए । उक्त दिन उनीहरुले केहि घण्टामा नै आगजनी तथा तोडफोड गरेर काठमाडौं ध्वस्त बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्