Logo
Logo

क्यूआर र मोबाइल बैकिङमार्फत भुक्तानीमा समस्या छैन : राष्ट्र बैंक


378
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका शाखा खोलेसँगै विद्युतीय भुक्तानी (क्यूआर, मोबाइल बैकिङ आदि)मा समस्या नरहेको र निरन्तर रुपमा सुचारु रहेको राष्ट्र बैंकले जनाएको छ ।

बिहीबारदेखि खुलेका शाखा, एटिएम काउन्टर र विद्युतीय भुक्तानीहरुमा समस्या नरहेको राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपानेले बताए ।

उनले भने, ‘बैंकहरुलाई सुविधाअनुसार शाखा तथा एटिएम काउन्टर सञ्चालन गरेर सेवा दिन र आफूले प्रदान गर्ने सेवाको जानकारी वेवसाइटमा राख्न पनि भनेका छौं । विद्युतीय भुक्तानीका माध्यमहरुलाई पनि सक्रिय हुन भनेका छौं । यसकारण अहिलेसम्म बैंकिङ कारोबारमा कुनै समस्याको जानकारी प्राप्त भएको छैन ।’

यस्तै, विद्युतीय भुक्तानीका समस्या नरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए । उनले अघिल्ला दिनहरुमा रोकिएका सबै चेकहरुको आज क्लियरिङ भएको बताउँदै भने, ‘क्यूआर मोबाइल बैंकिङलगायतमा पनि समस्या छैन ।’ बैंकहरुले शाखा खोले पनि ग्राहक भने खासै देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्