Logo
Logo

सांसदसहित तरुण दल र वाईसीएल सडकमा


15.1k
Shares

काठमाडौं । जेनजीको प्रदर्शनपछि काठमाडौं अस्तव्यस्त बनेको छ । निषेधाज्ञा जारी छ भने सडकमा नेपाली सेना तैनाथ छन् । ठाउँ–ठाउँमा कडा सुरक्षा जाँच भइरहेको छ । सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान गएको थियो ।

The current image has no alternative text. The file name is: sadk-1.gif

अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । तर जेनजी विभाजित हुँदा कुनै नाम टुङ्गो लागेको छैन । सेनाको यो पहलविरुद्ध विरोध सुरु भएको छ । चाबहिलमा नेपाली कांग्रेसनिकट तरुण दलको समूह, कोटेश्वर–तीनकुने र बबरमहलमा नेकपा माओवादी केन्द्रनिकट वाईसीएलका समूहहरूले प्रदर्शन गरिरहेका छन् ।

सांसद राजन दाहाल पनि बबरमहल प्रदर्शनमा सहभागी छन् ।उनीहरूले राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न र संवैधानिक प्रक्रिया अनुसार अन्तरिम सरकार गठन गर्न माग गरेका छन् । अवस्था तनावपूर्ण छ । 

प्रतिक्रिया दिनुहोस्