Logo
Logo

जेनजी आन्दोलनका थप एक घाइतेको मृत्यु


756
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा परि कोशी प्रदेशमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

सोमबार प्रहरीसँगको झडपका क्रममा गोली लागेर घाइते भएका पाँचथर हिलिहाङ–२ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएसँगै कोशीमा मृतकको संख्या चार पुगेको हो ।

विर्तामोडस्थित बीएनसी हस्पिटलमा उपचाररत उनको मृत्युसँगै मृतकको संख्या चार पुगेको झापाका प्रहरी प्रवक्ता एवं डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

विर्तामोडकै झडपका क्रममा यसअघि अर्जुनधाराका अन्दाजी ३० वर्षीय गोपाल सेडाईको मृत्यु भएको थियो । त्यसअघि इटहरीमा झडप हुँदा २३ गते २३ वर्षीय अभिषेश श्रेष्ठ र इटहरी १४ का मोहन सरदारको मृत्यु भएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेलले घाइतेको विवरण संकलन भइरहेको र यकिन तथ्याङ्क भने नआइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्