Logo
Logo

जेनजी आन्दोलनका क्रममा फरार गोरे जेल फर्किए


2k
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा जेलबाट फरार रहेका चुडामणि उप्रेती (गोरे) जेल फर्किएका छन् ।

The current image has no alternative text. The file name is: gore.gif

उनी सुन तस्करीमा संलग्न व्यक्ति हुन् । उनी जेनजीको आन्दोलनका क्रममा मङ्गलवार जेलबाट भागेका थिए ।

गृह प्रशासनले जेलबाट फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै गोरे फरार भएको तेस्रो दिन सुन्धारास्थित केन्द्रीय कारागार आएका हुन् ।  

उनीसँगै फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी भने सम्पर्कविहीन छन् । प्रशासनले कारागार नफर्किए कानुन अनुसार सशक्त कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्