काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई आउने असोज २ गते बिहीबारसम्म सेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ । अब सेयर कारोबार आउने असोज ५ गते आइतबार (अर्थात् दसैँको घटस्थापनाको अघिल्लो दिन) खुल्ने छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार बोर्डेले आउने असोज २ गतेसम्म सेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ । अब आउने ५ गते देखि मात्रै सेयर कारोबार हुने छ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गते मङ्गलवारदेखि शेयर बजार बन्द छ ।











