Logo
Logo

वामपन्थी विचारधाराका दलहरूलाई एकजुट हुन घनश्याम भुसालको आह्वान 


1.5k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले वामपन्थी विचारधारा बोकेका दलहरूप्रति आस्थावान् सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।

The current image has no alternative text. The file name is: ghanshayam.gif

शुक्रवार फेसबुकमार्फत् जारी अपिलमा उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को ‘स्कुलिङ’ बाट हुर्केका तथा वामपन्थी विचार बोक्ने सबैलाई एक ठाउँमा उभिने सङ्कल्प गर्न आग्रह गरेका हुन् ।

 ‘हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्र हामीलाई विभाजित गरेको छ । एक ठाउँमा उभिने सङ्कल्पसँगै ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ । इतिहासको यो कालखण्डमा केवल एउटा सङ्कल्पको खाँचो छ, विभाजनका सबै बन्धन चुँडाल्न तयार होऔँ,’ भुसालले भनेका छन् ।

मुलुकको पछिल्लो परिस्थितिमा देशभक्ति, लोकतन्त्र र समृद्धिको आकांक्षा बोकेका राजनीतिकर्मीहरूलाई बन्देज भत्काएर खुला छलफलमा उत्रिन पनि उनले आह्वान गरेका छन् । पछिल्ला घटनाहरू सरकारको दुर्बुद्धि र सत्ताधारी खलनायकहरूको बेवकुफीमाथि षड्यन्त्रकारीहरूले फलाएको विषका कारण भएको उनको भनाइ छ । ‘हाम्रा अग्रजहरूले दशकौँदेखि निर्माण गरेका देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायका मूल्यहरूमाथि खेलबाड हुँदै छ, जसले वाम–लोकतान्त्रिक आन्दोलनका लाखौँ इमानदार सदस्य तथा समर्थकहरूमा अपूर्व पीडा र ग्लानी उत्पन्न गरेको छ,’ भुसालले भने ।

लोकतान्त्रिक गणतन्त्रले जिम्मेवार नेतृत्व खोजे पनि अभावले यो दृश्य सिर्जना भएको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्