काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् । शितलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ ।

उक्त सहमतिलाई महासचिव पोखरेलले बिडम्बनापूर्ण भनेका हुन् । उनले भनेका छन्, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउने सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनपूर्ण विषय हो । त्यसैले सतर्क रहौं, खबरदारी गरौँ ।’














