
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले हालको प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको मिति घोषणा गरेका हुन् ।
शीतलनिवाासले विज्ञप्ति जारी गर्दै फागुन २१ गते निर्वाचन हुने जानकारी दिएको छ । जेनजी आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन् ।
उनलाई ६ महिनाभित्र चुनाव गराउने कार्यभारसहित प्रधानमन्त्री नियुक्त गरिएको छ । जेनजी आन्दोलन नियन्त्रण बाहिर भएपछि केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।














