Logo
Logo

आगो लगाउन गएका जेनजी आन्दोलनकारीको जलेर मृत्यु


2.3k
Shares

काठमाडौं । जेनीजी आनदोलनका क्रममा चितवनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ ।

भरतपुर महानगरका नगरउपप्रमुख चित्रसेन अधिकारीको घरमा आगो लगाउने गोरखाका १९ वर्षीय सरोज गुरुङको जलेर मृत्यु भएको पुष्टि भएको हो ।

अधिकारीको घरमा २४ गते बेलुका आगो लगाउन गएका उनी घरको सिलिण्डर ग्यास पड्किँदा घाइते भएका थिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा आज मृत्यु भएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।

भदौ २३ गते शान्तिपूर्ण रुपमा सुरु भएको जेनजी आन्दोलन प्रहरी दमनबाट १९ युवाको मृत्यु भएपछि भड्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्