
काठमाडौं । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ । सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा सार्ने तयारी गरिएको हो ।
यद्यपि अहिले त्यहाँ मन्त्रालयलाई पुग्ने ठाउँ अपुग छ । त्यसैले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई बाहिर सारेर भए पनि शिक्षा मन्त्रालयलाई राख्ने तयारी भएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
भदौ २३ गतेदेखि सुरु भएको जेनजी आनदोलन उग्र बन्दा २४ गते सिंहदरबारको मुख्य भवनसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतमा तोडफोड र आगजनी भएको थियो । शिक्षा मन्त्रालयका कोठाहरु र काठको भ¥याङ जलेका छन् ।














