Logo
Logo

रूपन्देहीको उपचुनाव स्वतः रद्द


1.5k
Shares

काठमाडौं । आगामी कार्तिक १७ गते रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचन स्वत रद्द भएको छ । जेनजी आन्दोलनपछि यसअघिको सरकार फेरिएर संघीय संसद नै विघटन भएपछि कार्तिक १७ गतेका लागि तय भएको संघको उपनिर्वाचन स्वत रद्द भएको हो ।

०७९ मा रूपन्देही–३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि रिक्त उक्त स्थानमा चुनावका लागि निर्वाचन आयोग लगायत दलहरुले अन्तिम तयारी गरिसकेका थिए ।

केही दलले उम्मेदवारसमेत घोषणा गरिसकेका थिए भने आयोगले निर्वाचन आयुक्त राखेर काम अघि बढाएको थियो ।
प्रतिनिधिसभा विघटन भइसकेको र नयाँ चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब कात्तिक १७ का लागि निर्धरित उपनिर्वाचन स्वतः रद्ध हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभाको कार्यकाल समाप्ति नजिक भएकाले र बाँकी अवधिका लागि उपनिर्वाचन गर्ने आवश्यकता नरहेको ठहर भएको हो ।

संविधानको धारा ८४ को उपधारा (६) मा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष तोकिएको छ भने उपनिर्वाचन गर्नुपर्ने अवस्था देखा परे पनि कार्यकाल सकिन दुई वर्षभन्दा कम समय बाँकी रहेमा निर्वाचन नगर्ने व्यवस्था छ । यही प्रावधानका कारण रुपन्देहीमा तोकिएको उपनिर्वाचन रद्द भएको हो ।

प्रतिक्रिया दिनुहोस्