Logo
Logo

पूर्णरुपमा सञ्चालनमा आए बैंकहरु


819
Shares

काठमाडौं । मुलुकभरका बैंक तथा वित्तीय संस्था पूर्णरुपमा सञ्चालनमा आएका छन् । जेनी आन्दोलनका कारण प्रभावित भएको बैंकिङ सेवा आइतबारदेखि सुचारु भएको हो ।

नेपाल बैंकर्स संघले बैंकहरुले आइतबारदेखि सबै कार्यालय सञ्चालनमा आएको जनाएको छ । आन्दोलनबाट क्षति पुगेका बैंकहरुका शाखा कार्यालय र एटिएमहरू पनि चाँडै सञ्चालन गर्ने तयारी थालिएको संघले जनाएको छ । शुक्रबारसम्म बैंकहरु आंशिकरुपमा मात्रै सञ्चालन गरिएको थियो ।

यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकर, निजी क्षेत्रका व्यवसायी र उद्योगीसँग छलफल गरेका छन् । उनले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका थिए ।

गभर्नर पौडेलले बैंकरहरुसँग पनि छुट्टै छलफल गरेका छन् । पौडेल र बैंकहरुबीच आन्दोलनबाट क्षति व्यहोरेका व्यवसायीहरूका लागि कस्ता प्याकेज ल्याएर सहुलियत दिन सकिन्छ भन्नेबारे छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्