Logo
Logo

भारत-पाकिस्तानबीचको खेल किन छ विशेष ?


819
Shares

काठमाडौं । एसीसी एसिया कप टि ट्वान्टी प्रतियोगिता छैटौँ खेलमा आज पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ८:१५ बजे युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई इन्टरनेशनल रङ्गशालामा सुरु हुनेछ । दुवै टोली लगातार दोस्रो जितका साथ सुपर-४ को यात्रा सहज बनाउने दौडमा रहेका छन् । 

The current image has no alternative text. The file name is: cicket.gif

पहिलो खेलमा भारतले युएईलाई ९ विकेट र पाकिस्तानले ओमानलाई ९३ रनले हराउँदै विजयी सुरुवात गरेका थिए । समूह ए मा समान २ अङ्क भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा रहेको छ ।

भारत र पाकिस्तान आन्तरिक राजनीतिको कारण पछिल्लो एक दशकदेखि आईसीसी र एसिसीको प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गर्दै आएका छन् ।

यसअघि यी दुई टोलीबीचको खेलको टिकट खुल्ला भएको केही मिनेटमै ब्रिकी भई सकेको हुन्थ्यो । यस पटक खेलको अघिल्लो दिनसम्म टिकट पुरै बिक्री भएको छैन ।

केही महिना अघि जम्मु कश्मिरको पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारतले पाकिस्तानसँग खेल्न नहुने कुरा उठ्दै आएको थियो ।

तर भारतीय सरकारले आईसीसी र एसीसीको प्रतियोगिता खेल्नमा कुनै नरोक्ने जनाएको छ । कतिपय भारतीय समर्थक, पूर्व क्रिकेट र विश्लेषकहरू पाकिस्तानसँगको खेल बहिष्कार गर्नुपर्ने माग राख्दै आएका छन् ।

यता आधुनिक शैलीको टी२० क्रिकेट खेल्ने भन्दै दुई सुपरस्टार मोहम्मद रिजवान र बाबर आजम बिना नै पाकिस्तान एसिया कप खेल्न आएको छ । बाबर र रिजवानको टी२० स्ट्राइकरेट कमजोर भएको भन्दै पाकिस्तानले बाहिर गरेको छ ।

युवा खेलाडीलाई उत्कृष्ट स्ट्राइकरेटमा ब्याटिङको अतिरिक्त दबाब पनि छ । गत वर्ष टी२० विश्वकप जितेसँगै रोहित शर्मा र विराट कोहलीले सन्न्यास लिएका थिए । त्यसैले नयाँ पुस्ताबीचको भिडन्त मानिएको छ ।

भारतले स्पिनर कुलदीप यादव, बरुण चक्रवर्ती र अक्षर पटेल तथा पाकिस्तानसँग मोहम्मद नवाज, सुफ्यान मुकीब र अब्रार अहमद पहिलो खेलमा प्लेइङ-११ मा मैदान उतारेका थिए । 

भारतको ब्याटिङ लाइनअप मजबुत छ । अभिषेक शर्मा, सञ्जु स्यामसन र सूर्य कुमार यादव जस्ता ब्याटर टोलीमा हुँदा मजबुत छ ।

उता पाकिस्तानमा फखर जमान, हसन नवाज र सैम अयुब एकै ओभरमा खेललाई मोड्न सक्ने खुबी भएका ब्याटर हुन् । भारतमा योर्कर किंग जस्प्रित बुमराह र पाकिस्तानमा स्वींग तथा गतिमा राज गर्दै आएका शाहिन शाह अफ्रिदीको स्पेलले खेल निर्धारण गर्न सक्छ ।

पिच कन्डिसन

दुबईको मैदान ब्याटिङ भन्दा बलिङ बढी सहयोगी मानिन्छ । १ सय ८० माथिको स्कोर दुबईमा सुरक्षित मानिन्छ । उक्त मैदानमा पहिलो इनिङपछि शीतको असर पर्ने हुँदा टस जित्ने टोली लक्ष्य पछ्याउन सक्छन् । मौसम पूर्वाअनुमानको अनुसार भारत र पाकिस्तानको खेलको समयमा पानी पर्ने सम्भावना छैन । मैदानको तापक्रम ३० देखि ३५ डिग्री सेल्सियससम्म रहनेछ ।

पछिल्ला पाँच खेलमा भारत तीन र पाकिस्तान दुई खेलमा विजयी भएका छन् । यी दुई टोलीबीच कुल १३ टी २० आई खेल हुँदा भारत १० खेलमा विजयी भएको छ ।

एसिया कप- २०२५
समूह ए
– भारत, पाकिस्तान, ओमान र युएई
समूह बी – श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश र हङकङ

हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपरफोरका शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पछिल्लो पटक २०२२ को टी२० एसिया कपमा पाकिस्तानलाई फाइनलमा हराउँदै श्रीलङ्काले उपाधि जितेको थियो ।

भारतको टोली :

सुर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, अर्शदीप सिंह, जस्प्रित बुमराह, शिबम दुबे, हर्षित राना, कुलदीप यादव, हार्दिक पान्ड्या, अक्षर पटेल, सन्जु स्यामसन (विकेटकिपर), जितेश शर्मा, रिंकु सिंह, तिलक बर्मा, बरुण चक्रवर्ती ।

पाकिस्तानको टोली :

अलमान अली अघा (कप्तान), सैम अयुब, सहिबजादा फहरान, फखर जमान, हसन नवाज, मोहम्मद नवाज, मोहम्मद हरिस (विकेटकिपर), अब्रार अहमद, फहिम अशरफ, हरिस रौफ, हसन अली, हुसेन तालत, खुशदील शाह, मोहम्मद वासिम, सलमान मिर्जा, शाहिन शाह अफ्रिदी, सुफ्यान मुकीम ।

प्रतिक्रिया दिनुहोस्