Logo
Logo

काठमाडौंमा सुरु भयो चाडपर्व लक्षित सुपथ मूल्य पसल


315
Shares

काठमाडौं । चाडपर्वका लागि काठमाडौंमा सुपथ मूल्य पसल सुरू भएको छ । दसैं, तिहार नजिकिँदै गर्दा खाद्य संस्थानले थापाथलीस्थित कार्यालयमा सुपथ मूल्य पसल सुरू गरेको हो ।

चाडपर्व लक्ष्य गरी काठमाडौंका विभिन्न ठाउँमा खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्छ । सुपथ मूल्य पसल सञ्चालन भएपछि बिहानैबाट किनमेल गर्न उपभोक्ताहरू आउन पनि थालेका छन् । काठमाडौं बाहिर खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

हालैको प्रदर्शनको कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दसैंमा खसी, बोका तथा च्याङ्ग्रा बिक्रीको तयारी स्थगित गरेको छ । यसवर्ष १८ सय खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने योजना बनाएको कम्पनीले तयारी अगाडि बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस्