Logo
Logo

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, कुलमानलाई ३ मन्त्रालयको जिम्मेवारी


2.3k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कलुमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालले शपथ लिएका हुन् ।

खनाल अर्थ मन्त्री बनेका छन् । त्यस्तै कुलमान घिसिङलाई उर्जा, भौतिक योजना र सहरी विकास र ओमप्रकाशलाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि बस्न नमिल्ने अवस्थामा पुगेको शीतल निवासको खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्