काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणसँगै उनले आफ्नो पहिलो निर्णय पनि गरेका छन् । विद्युत् प्राधिकरणको वक्यौता रकम असुली प्रक्रिया अघि बढाउने। ऊर्जामन्त्री घिसिङले पदभार ग्रहणको अवसरमा कुनै खादा, माला वा अबिर नलिने घोषणा गर्दै औपचारिकताभन्दा परिणाममुखी कार्यशैलीमा जोड दिने संकेत दिएका छन्।
उनले ऊर्जा क्षेत्रमा सुधार र पारदर्शिता कायम गर्दै कार्यान्वयनमा जाने प्रतिबद्धता व्यक्त गरेका छन्।














