Logo
Logo

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष गठनको तयारी : मन्त्री घिसिङ


315
Shares

काठमाडौं। नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सार्वजनिक संरचनामा भएको क्षतिको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन्।

पदभार ग्रहण गर्दै मन्त्री घिसिङले उक्त कोषमा रकम संकलन गर्न नेपाल बाहिर रहेका नेपालीहरूलाई पनि योगदान गर्न अपिल गरे।

उनले कोष खडा गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट औपचारिक रूपमा पारित गरिने जानकारी दिए।

“आक्रोशका कारण संरचनाहरूमा क्षति पुगेको हो, तर अब हामीले नै ती संरचना पुनः निर्माण गर्नुपर्छ,” मन्त्री घिसिङले भने, “यसका लागि तत्काल काम थाल्छौं।”

प्रतिक्रिया दिनुहोस्