Logo
Logo

विशेष अदालतमा ३० दिनभित्र म्याद थाम्न सकिने, नियमित सुनुवाइ स्थगित


1.1k
Shares

काठमाडौँ । विशेष अदालत काठमाडौँले विद्यमान अहिले विषम परिस्थितिलाई मध्यनजर गर्दै सेवा सञ्चालनसम्बन्धी सूचना जारी गरेको छ । २९ गते आइतबार बसेको अदालतको आकस्मिक पूर्ण बैठक म्याद गुज्रिएका मुद्दामा म्याद (तारीख) थाम्न ३० दिनको समय दिने निर्णय गरेको छ ।

अदालतले श्रव्यदृश्यमार्फत हुने क्यान र बकपत्रसम्बन्धी कार्य अहिलेलाई स्थगित गर्ने निर्णय गरेको छ । तर, आरोप पत्र दर्ता, पक्राउ पुर्जी, जरुरी पुर्जी समर्थन, म्याद थप तथा अन्तिम हदम्यादमा दायर हुने मुद्दासम्बन्धी कार्य भने नियमित हुने अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।

अदालतका रजिस्ट्रार जितेन्दबाबु थपलियाका अनुसार नियमित पेसीमा रहेका मुद्दाको सुनुवाइ हाललाई स्थगित गरिएको छ र अन्य कामकारवाही सुचारु गर्ने सम्बन्धमा आवश्यक व्यवस्थापन भएपछि अर्को सूचना जारी अदालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्