Logo
Logo

सिंहदरबार जलाउने आतंककारी हुन् : महेश बस्नेत


567
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी प्रदर्शन र हालको परिस्थितिप्रति आक्रोश व्यक्त गरेका छन् । उनले जेनजीलाई आतंककारीको संज्ञा दिँदै विगत र वर्तमानको तुलना गरे । उनले भने, ‘जेनजी भनेको आतङ्ककारी हो । हिजो वाइसिएल आतङ्ककारी थियो, आज जेनजी आतङ्ककारी छ । बैङ्क लुट्ने, ठग्ने जेनजी आतङ्ककारी नै हो । माओवादीले १० वर्षमा गरेको विनाश आज जेनजीको नाममा दुई दिनमै भयो ।’

The current image has no alternative text. The file name is: mahesh-basnet.jpg

बस्नेतले देशप्रेमी युवाहरू आतङ्ककारी नभए पनि जेनजीको नाममा गतिविधि गर्नेहरू आतङ्ककारी भएको दाबी गरे । ‘जेनजी आतङ्ककारी होइन भन्नेहरू छन्, तर म पटक-पटक भन्छु-जेनजी आतङ्ककारी हो । उनीहरूले सिंहदरबार, संसद् भवन जलाइयो, निजी सम्पत्ति तोडफोड गरियो,’ उनले थपे । उनले समाजको सुरक्षा सुनिश्चित गर्न टोलटोलमा सुरक्षा समिति गठन गर्नुपर्ने र त्यसको नेतृत्व एमालेको युवा पुस्ताले लिने बताए ।

‘टिकटक र रिल बनाउनेहरूले अहिले मेट्न थालेका छन् । तिनीहरूलाई समातेर कारबाही गर्नुपर्छ। उपत्यकाका धेरै प्रहरी चौकी ध्वस्त भएका छन् । ती चौकीको पुनर्निर्माणको जिम्मा पार्टी र युवा सङ्गठनले लिनेछ । यो काम आजैदेखि सुरु भएको छ,’उनले भने । सामाजिक सञ्जालमा आफू लुकेको भन्ने हल्लाको खण्डन गर्दै बस्नेतले आफू भक्तपुरको बालकोटमा रहेको र अब गुन्डु जाने बताए । उनले आन्दोलनकारीहरूलाई मुकाविला गर्न चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस्