Logo
Logo

विराटनगरको भाटभटेनीमा पनि भेटियो शव


693
Shares

विराटनगर । भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोरमा पनि एउटा शव फेला परेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपर मार्केटमा सोमबार जलेको अवस्थामा  एक जनाको शव फेला परेको हो ।

The current image has no alternative text. The file name is: biratnager-1.gif

सोमबार दिउँसो दोस्रो तल्लामा जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनकारीका नाममा अराजक समूहले गत भदौ २४ गते आगजनी गरेर भाटभटेनी ध्वस्त पारेको थियो । भाटभटेनी सरसफाइ गर्ने क्रममा कर्मचारीले शव फेला पारेका हुन् । जलेको अवस्थामा भएका कारण पहिचान खुलेको छैन ।

शुक्रवार भाटभटेनीको धरान शाखमा ४ जनाको शव फेला परेको थियो । गत मङ्गलवार कोशी प्रदेशमा रहेको पाँच मध्ये चार वटा स्टोरमा आगजनी भएको थियो ।  विराटनगर, धरान, दमक र बिर्तामोडमा रहेका भाटभटेनीका शाखामा आगजनी र लुटपाट भएको थियो । इटहरीको शाखा स्थानीयले जोगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्